Shree Secondary School Kotatulsipur

Shree Secondary School Kotatulsipur

About Us

नेपालको सुदुरपश्चिम प्रदेशको सेती अञ्चल कैलाली जिल्लाको सदरमुकाम धनगढी (हाल प्रदेश राजधानी) बाट करिब ७० कि.मि. टाढा महेन्द्र राजमार्गमा पर्ने कैलाली क्षेत्र नं. २ मा पर्ने बर्दगोरिया गाउँपालिकाको कोटागढी बजारबाट करिब २ कि.मि. दक्षिण मा श्री माध्यमिक विद्यालय कोटातुल्सीपुर यस गाउँपालिकाको ४ नं. वडामा पर्दछ । यो विद्यालय पञ्चायती व्यवस्था कालमा जनताहरू जगरूक भइरहेको बेला यस क्षेत्रका बुद्धिजिवी एवम् निवर्तमान जिल्ला सभापति देव बहादुर मल्लको निर्देशन र कोटातुल्सीपुर गा.वि.स. को प्रधानपञ्च दल बहादुर शाहीको अगुवाइमा समाजसेवी, बुद्धिजिवी र किसानहरू  मिलेर यस विद्यालय श्री राष्ट्रिय प्रथामिक विद्यालय कोटातुल्सीपुरको नामले वि.सं. २०२१ सालमा स्थापना भएको हो ।

 

Message From...

Chairperson

नमस्कार !

आदरणीय शिक्षकज्यूहरू, अभिभावकज्यूहरू, विद्यार्थी भाइबहिनीहरू तथा सम्पूर्ण सरोकारवाला महानुभावहरू,

म यस विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतले सम्पूर्ण समुदायप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु।

शिक्षा केवल किताबमा सीमित ज्ञान होइन, यो जीवन परिवर्तन गर्ने शक्तिशाली माध्यम हो। हाम्रो विद्यालयले गुणस्तरीय, अनुशासित र व्यवहारिक शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्य लिएको छ।

विद्यालयको सफलता शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिको आपसी सहकार्यमा निर्भर गर्दछ। हामी सबैको साझा प्रयासले मात्र विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउन सकिन्छ भन्नेमा म दृढ विश्वास राख्दछु।

आगामी दिनहरूमा पनि विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक विकास, अनुशासन र प्रविधिमैत्री शिक्षामा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु।

अन्त्यमा, सबै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै, विद्यालयको समग्र विकासका लागि तपाईंहरूको निरन्तर साथ र सुझावको अपेक्षा गर्दछु।

धन्यवाद।

Message From...

Principal

आदरणीय शिक्षकज्यूहरू, अभिभावकज्यूहरू, विद्यार्थी भाइबहिनीहरू तथा सम्पूर्ण अतिथिगण,

म यस विद्यालयको प्रधानाध्यापकको हैसियतले यहाँ उपस्थित सबैलाई हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्न चाहन्छु।

शिक्षा मानव जीवनको आधार हो। हाम्रो विद्यालयले केवल शैक्षिक ज्ञान मात्र होइन, अनुशासन, नैतिकता, संस्कार र व्यवहारिक सीप विकासमा पनि विशेष ध्यान दिँदै आएको छ। विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्नु हाम्रो प्रमुख लक्ष्य हो।

विद्यालयको समग्र प्रगतिका लागि शिक्षक, विद्यार्थी, अभिभावक तथा व्यवस्थापन पक्षबीच आपसी सहकार्य अत्यन्त आवश्यक छ। हामी सबै मिलेर मात्र उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न सक्छौं।

म सम्पूर्ण विद्यार्थीहरूलाई मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गर्न प्रेरित गर्दछु। साथै, शिक्षकहरू र अभिभावकहरूको निरन्तर सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।

अन्त्यमा, विद्यालयको निरन्तर प्रगति र सबै विद्यार्थीहरूको सफल भविष्यको कामना गर्दै म आफ्नो भनाइ यहीँ अन्त्य गर्दछु।

 

धन्यवाद।

From the News

Notice & News

Admission Open for 2083/084

Shree Secondary School Kotatulsipur invites students to apply for Pre-Diploma in Animal Science (VJTA). CTEVT affiliated program with practical learning ...

School Admission Open for 2082 Shishu to Class 9

Admission Open for Academic Session 2081 at Shree Madhyamik Vidyalaya, Kotatulsipur! We are excited to announce that admissions are now ...

School Admission Open for 2082 Kotatulsipur

Admission Open for Academic Session 2081 at Shree Madhyamik Vidyalaya, Kotatulsipur! We are excited to announce that admissions are now ...

प्रयोगात्मको लागि विद्यार्थीहरुलाई गौशालामा लागिएका तस्विरहरु

पालना गर्नु पर्ने

आचारसंहिता :

अभिभावक आचारसंहिता :

१. बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालय पठाउने ।
२. आफ्नो नानी बाबु विद्यालय गए नगएको पठन-पावन सम्बन्धि जानकारी लिने ।
३. बालबालिकालाई विद्यालयमा चाहिने आवश्यक सामाग्री उपलब्ध गराउने ।
४. बालबालिकालाई सेल्ने र पढ़ने समय मिलाउने /बालबालिकालाई
५. बालबालिकाको स्वास्थ्य तथा सरसफाईमा ध्यान दिने ।
६. बालबालिकाको परीक्षाफल लिन आफैं विद्यालय आउने ।
७. बालबालिकाको कमी कमजोरिको बारेमा जानकारी लिने दिने कमी कमजोरि हटाउने उपाय                  अबलम्बन  गर्ने ।
८. विद्यालयलाई आवश्यक परेको बेला सहयोग गर्ने ।
९. छोराछोरी कसै माथि भेदभाव नगर्ने ।
१०. विद्यालयमा नियमित भेटघाट सल्लाह सुझाव दिने र अपनत्वको भावना रास्ते ।
११. विद्यालय र सामुदाय बिच राम्रो सम्बन्ध बनाउन भूमिका निर्वाह
१२. नानीहरुले विद्यालयबाट दिएको गृहकार्य गरे नगरे को विचार गर्ने ।
१३. विद्यालयले बोलाएको बेला विद्यालमा उपस्थित हुने ।

आगन्तुक आचारसंहिता

१. विद्यालयको बाल संरक्षण नीतिलाई सम्मान गर्ने तथा १ सोको अनुसरण गर्ने/गराउने
२. विद्यार्थी संग सम्मान पूर्ण व्यवहार गर्ने / गराउने सम्मानपूर्ण
३. विद्यालय हाता भित्र शान्ति पूर्ण वातावरण सृजना गर्ने/गराउने
४. विद्यालयको नियम एवम आचारसंहिता पालना गर्ने/गराउने
५ विद्यालयलाई प्रभावकारी बनाउन आवश्यक परे आफ्नो

विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता

१. शिक्षकको आज्ञापालन र आदर गर्नपर्ने छ।
२. विद्यालयमा वा वाहिर जहाँसुकै अनुशासनमा रहनुपर्ने छ ।
३. राष्ट्रियता, भाषा र संस्कृतिको उत्थानको निमित्त सधैं प्रयत्नशील रहनुपर्ने ।
४. विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रुपमा भाग लिनुपर्ने ।
५. सबैसँग शिष्ट व्यवहार गर्नुपर्ने
६. व्यवस्थापन समितिले निर्धारण गरेका अन्य आचारसंहिता पालना गर्ने।

विद्यार्थीले पालना गर्नुपर्ने जिम्मेवारी तथा कर्तव्यः

१. विद्यालयमा नियमितर समयमै उपस्थिति भई विद्यालयको नियमको पालना गर्ने।
२. विद्यालयमा निर्धारित पोशाकको सम्मान गर्दै विद्यालय आउँदा सधैं सफा पोशाक लगाएर आउने ।
३. विद्यालयमा शिक्षक वर्गको आज्ञापालन तथा आफू भन्दा ठूलालाई आदर तथा सम्मान गर्दै साना           विद्यार्थी एवम् सबै साथीहरुसंग आत्मीय र शिष्ट व्यवहार गर्ने ।
४. विद्यालयमा वा विद्यालय वाहिर जहाँसुकै अनुशासनमा रही विद्यालय हाता तथा कक्षा कोठा सफा        र स्वच्छ, रास्ने ।
५. शिक्षकले दिएको गृहकार्य सधैं गरेर ल्याउने ।
६. विद्यार्थीलाई कसैले लोभ लालच, धम्की वा डर, त्रास देखाएमा बिना डर सङकोच तुरुन्त शिक्षक           तथा प्र.अ. लाई जानकारी दिने ।
७. विद्यार्थीले आफूले जानेका बाल अधिकार सँग सम्बन्धित जानकारी अरु साथीसंग आमा-बुवा, भाई बहिनी, नाता कुटुम्बा तथा छिमेकीलाई जानकारी गराई सयोग गर्ने।

८. राष्ट्रियता, भाषा र संस्कृतिको उत्थानको निमित सधैं प्रयत्न गर्ने ।

mariallenaeresdegracia.com/pl
Scroll to Top