About Us
Shree Secondary School Kotatulsipur
About Us
नेपालको सुदुरपश्चिम प्रदेशको सेती अञ्चल कैलाली जिल्लाको सदरमुकाम धनगढी (हाल प्रदेश राजधानी) बाट करिब ७० कि.मि. टाढा महेन्द्र राजमार्गमा पर्ने कैलाली क्षेत्र नं. २ मा पर्ने बर्दगोरिया गाउँपालिकाको कोटागढी बजारबाट करिब २ कि.मि. दक्षिण मा श्री माध्यमिक विद्यालय कोटातुल्सीपुर यस गाउँपालिकाको ४ नं. वडामा पर्दछ । यो विद्यालय पञ्चायती व्यवस्था कालमा जनताहरू जगरूक भइरहेको बेला यस क्षेत्रका बुद्धिजिवी एवम् निवर्तमान जिल्ला सभापति देव बहादुर मल्लको निर्देशन र कोटातुल्सीपुर गा.वि.स. को प्रधानपञ्च दल बहादुर शाहीको अगुवाइमा समाजसेवी, बुद्धिजिवी र किसानहरू मिलेर यस विद्यालय श्री राष्ट्रिय प्रथामिक विद्यालय कोटातुल्सीपुरको नामले वि.सं. २०२१ सालमा स्थापना भएको हो ।
सुरूमा विद्यार्थीहरूलाई बस्नलाई बस्नको निम्ति कोटातुल्सीपुर गाउँमा सानो झोपडी बनाइएको थियो र समयको गति सँगै विद्यार्थीहरूको चाप बढ्न थालेपछि त्यहाँ सानो ठाउँ महसुस गरियो जसले गर्दा कोटातुल्सीपुर गाउँ पछाडी, काँढा नदिपारी ढोढरपुर गाउँको दक्षिणपट्टिको ऐलानी जग्गामा तत्कालिन बि.व्य.स. अध्यक्ष देव बहादुर मल्ल र प्रधानाध्यापक चक्र बहादुर मल्लको कार्यकालमा कोटागढी बजारको आसथाबाट उठाएको रकमबाट भारतको कडिया फारम भन्ने ठाउँबाट ईटा, तिकुनीया बजारबाट सिमेन्ट र नेपालको सत्ती बजारबाट सरिया ल्याई यस क्षेत्रका सम्पुर्ण बासीहरूको
सुरूमा